रेखा मगर
दाङ, ११ साउन
दाङ देउखुरीमो ८० बढि घरहरु डुबानमा परेका छन । स्थानीय खोला तथा राप्ती नदिमा पानीको वहाव वढेपछि देउखुरीको १ नगरपालिका र ३ गाविसका गरी ८५ वटा घरहरु डुवानमा परेको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।fbउहाँका अनुसार लमही नगरपालिका वडा नं २ र ९ मा १४ घर डुबनमा परेका छन ।

यसैगरी सिसहनियाँ गाविस ९ मा ५ वटा, बेला गाविस २ मा ५, १ मा १ घर डुबानमा परेको डिएसपी शर्माले वताउनुभयो ।

यसैगरी सतबरीया गाविस वडा नं ३,४ र ६ मा ६० बटा घर डुबानमा परेका हुन ।

अबिरल बर्षापछि आएको

 

तस्बीर पत्रकार दशरथ घिमिरेको फेसवुक वालबाट 

बाढीले राप्ती नदि आसपासका ति गाँउमा डुबानको जोखिम वढेको छ । साथै दाङ प्रशासनले बिभिन्न नदि तथा खोलाहरुमा बाढी आएपछि सम्भाबित जोखिम क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।।