सल्यान, ११ साउन
आर्थिक वर्ष २०७२÷०७३ मा सल्यानमा १० हजारभन्दा बढी सवारी साधन कारवाहिमा परेका छन् । नियम विपरिच सञ्चालन गरिएका १० हजार ६ सय ३१ सवारीसाधन एक वर्षको अवधिमा कारवाहिमा परेको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ ।sawari

यो कारवाही अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रहरी सहायक निरिक्षक चन्द्र केसीका अनुसार कारवाही बढ्नुको कारण नियम उलंघन गर्न खोज्ने चालकको संख्या बढ्नु नै हो ।

‘चालक अनुमती पत्र, विल बुक नबोक्ने, मापसे गरेर गाडी चलाउने, छतमा यात्रु राख्ने जस्ता ट्राफिक नियम विपरितका कार्य गर्नेलाई कारवाही गर्ने गरेको प्रहरी सहायक निरिक्षक केसीले बताउनुभयो ।।