जुम्ला, ११ साउन
बालबालिकाको पोषण स्थीतिमा सुधार ल्याउन जिल्ला पशुसेवा कार्यालय जुम्लाले जिल्लाका तिन गाविसमा कुखुरा वितरण गरेको छ । कुखुरापालन ब्यवसायबाट समुदायको आयआर्जन बृद्धिगरी बालबालिकाको पोषण स्थीतिमा सुधार ल्याउने उदेश्यले जिल्लाको छुमचौर, गुठिचौर र गज्र्याङकोट गाविसमा कुखुरा वितरण गरेको हो ।kukura

जिल्ला विकास समिति जुम्लाको सहयोग तथा पशुसेवा कार्यालयको घरवारी बगैचा र कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रम अन्र्तगत तिन गाविसमा ६ सय ६८ वटा कुखुरा वितरण गरीएको पशु विकास अधिकृत गोविन्द बहादुर महतले जानकारी दिए ।जसमा छुमचौर ७ र गुठिचौर ६ देखि ८ वडासम्मका ३०÷३० घरधुरीलाइ प्रति घरधुरी ९ वटा कुखुराका दरले ५ सय ४० वटा कुखुरा वितरण गरीएका छन् ।

यस्तै गज्र्याङकोट १ देखि ८ वडासम्मका ३२ घरधुरीलाइ प्रति घरधुरी ४ वटाका दरले १ सय २८ वटा कुखुरा वितरण गरीएको पशु विकास अधिकृत महतले बताउनुभयो । कुखुरा ब्यवसायबाट आयआर्जन गरी परिवारको पोषण स्थितिमा सुधार आउने कार्यक्रमको अपेक्षा छ ।।