जाजरकोट, ११ साउन
लामो समयदेखि शुरु भएको मध्यपहाडी लोक मार्गको जाजरकोट सडक खण्डका विभिन्न ठाउमा काम अलपत्र परेको छ । काम गर्दागर्दै छोडिएका सडकले वर्षाको समयमा स्थानयिहरुलाई सास्ति बनाएको छ ।
जिरो पोइन्ट भएको भेरी मालिका नगरपालिका वडा नं. १३ कुदुदेखि भुरसम्मको काम ठेकेदारको लापरवाहिका कारण अझैसम्म गति लिन सकेको छैन ।
आइतवार विहान परेको अविरल वर्षाका कारण भेरीमालिका नगरपालीका वडा नं. १३ कुदुमा लोक मार्ग हुदै आएको खोलाले भवे वर कामी, खिम बहादुर गिरी, जंगु खत्री अम्विका प्रसाद आचार्यलगाएतका दर्जनौका घरहरुमा क्षति पुर्याएको छ ।।