दाङ २६-भदौ : दाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा रामबन्धु सुवेदी आउने भएका छन् । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेकोमा चार जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर भएका हुन् ।
सहसचिव रामबन्धु सुवेदीलाई दाङ, गणेश अर्याललाई रुपन्देही, शिवराम गेलाललाई महोत्तरी तथा रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको सिडिओमा खटाइएको छ।
त्यस्तै, अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा गोगनबहादुर हमाललाई पठाइएको छ।
सहसचिव जयनारायण आचार्यलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। सिडिओका रूपमा कार्यरत सहसचिवहरू भरतमणि पाण्डे, दीपककुमार पहाडी र खगेन्द्रप्रसाद रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ।
