काठमाडौं २६ भदौ : संविधानसभा अध्यक्ष , तथा पूर्व सभामुख सुवास नेम्वाङको निधनप्रति पूर्व सभामुख कृष्णबहादुर महराले दुख व्यक्त गरेकाछन । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको असामयिक निधन भएपछि एक प्रेस वक्तव्य निकालेर महराले यसो भनेका छन ।
नेकपा एमालेका उपाध्यक्ष, पूर्वसभामुख एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको असामायिक निधनले अत्यन्त मर्माहत भएको छु । नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै दुःखको यस घडिमा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
नेम्वाङको निधनले सिंगो नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनलाई अतुलनीय क्षति
पुगेको छ यस क्षणमा मुलुक परिवर्तनको आन्दोलन र संविधान निर्माणमा उहाँले भूमिकाको उच्च प्रशंसा गर्दछु