काठमाडौं । संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।

एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको राति हृदयाघातका कारण निधन भएको थियो । नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।