काठमाडौं– हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने भएको छ।
श्रद्धाञ्जलीका लागि नेम्वाङको शव अहिले केहीबेरमा ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको हो।
काठमाडौंको बालुवाटारस्थित निजी निवासमा राति हृदघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
