हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानले प्रतिगामीको सात्तो उड्यो बताएका छन् ।

समाजवादी मोर्चाले बागमती प्रदेश अन्तर्गत आइतबार हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरुको सातो गएको दावी गरे ।

सरकार भ्रष्ट्राचारलाई निर्मुल पार्न, सामाजिक न्याय र सुशासन कायम गर्न कुनै पनि मूल्य चुकाउन तयार रहेको पनि दाहालले बताए । हिजो कुशासन चलाउनेहरु अहिले सरकारले सुरु गरेको अभियानबाट आतिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी सुुरु गरिरहेको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।