सल्यान । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको लु २ ख ५७३१ नम्बरको माइक्रोबस सल्यानमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिकाका कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको बताइएको छ । दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।माइक्रोबस सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटना भएको हो । बस सडकबाट करीव २०० मिटर तल खसेको छ ।