दाङ, १ बैशाख
दाङको घोराहीमा जि.एस. स्नुकर हाउस सन्चालनमा आएको छ । युवा व्यवसायी गणेश नेपालीले २५ लाखको लगानीमा स्नुकर हाउस सन्चालनमा ल्याउनुभएको हो ।

gsस्नुकर हाउसको दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष खड्ग बुढाथोकीले आज उद्घाटन गर्नुभएको हो । साथै रेष्टुरेन्ट पनि सन्चालन गर्ने सन्चालक नेपालीले जानकारी दिनुभयो ।
स्नुकर हाउस उद्घाटन कार्यक्रममा व्यवसायी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।।