रेखा मगर
दाङ, १ बैशाख
दाङमा आज २ वटा मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन । रा २ प २५२९ र रा २ प ४१६१ नं को मोटरसाइल घोराही ११ एकान्त होटल नजिकै एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते हुनेमा २ प २५२९ नं को मोटरसाइल चालक त्रिपुर नगरपालिका १ वस्ने १९ वर्षका रोहन वली रा २ प ४१६१ नं को मोटरसाइल पछाडी सवार घोराही ११ वस्ने सावित्रा पन्थी रहेको प्रहरीले जानकारी दिएको छ ।
दुवै जनाको अवस्था सामान्य रहेको अहिले घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।।
