दाङ। भदौ २२ गते घोराहीमा भव्य गाईजात्रा कार्यक्रम हुँदैछ । रोटरी क्लव अफ दाङले यो कार्यक्रमको आयोजना गर्दैछ ।

घोराही उपमहानगरपालिका १५ मा रोटरी खुला व्यायामशाला निर्माणका लागि गार्इजात्रा कार्यक्रम गर्न लागिएको रोटरी क्लव अफ दाङका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिए ।

गाईजात्रा कार्यक्रममा हास्य कलाकार मनोज गजुरेललगायतका कलाकारहरु आउदैछन् । कार्यक्रम घोराही उपमहानगरपालिका १४ स्थीत बहुउद्देश्यीय सभागृहमा साँझ ४ बजेदेखि सुरु हुने छ ।

कार्यक्रममा राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकार मनोज गजुरेलसँगै शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, रुबिना अधिकारी, मेक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा र सीता न्यौपानेसहितको कलाकार टोलीले प्रस्तुती रहने अध्यक्ष मजगैयाले बताए ।

गाईजात्रा कार्यक्रम सशुल्क रहेको र प्रतिव्यक्ति १ हजार टिकट मूल्य तोकिएको कार्यक्रम संयोजक मिनराज भाटले जानकारी दिए ।