काठमाडौं, । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर साउन २ गते बरामद भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पगाल्न थालिएको छ ।
सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुका लागि प्याक गरिएका बट्टाबाट सुन निकालेर पगाल्न थालिएको हो ।
राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनको परिमाण यकिन गर्न सुन पगाल्ने प्रक्रिया सुरु गर्दा महाशाखाले एउटा ब्रेक सुन खोलेर देखाएको छ ।
टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले सुन पगालेर जोख्ने काम सुरु गरेको बताए । प्रमुख आचार्यले ब्रेक सु र सुन छुट्याएपछि सुनलाई गालेर जोखिने बताए । एउटा ब्रेक सु खोलेर डेमो गर्दा २० वटा सुन भेटिएको पनि उनले बताए ।
सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र राजस्व अनुसन्धान विभागसहित निष्पक्ष रुपमा सुन जोख्ने काम गरिने छ । राजस्व अनुसन्धान विभागले बरामद गरेको ब्रेक सु सहितको सुनको तौल १५५ रहेको छ ।
