मंगलकार बसेको मन्त्रीपरिषद बैठकले विभिन्न निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री रेखा शर्माका अनुसार एउटा परियोजनाको करिव २० करोड २२ लाख रुपैयाँ स्वीकार गर्ने निर्णय भएको छ।

दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने १५,५५,५०५ अमेरिकी डलर अथवा करिब २० करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको हो।

यस्तै मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन नियमन गर्ने (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय भएको छ।मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको सञ्चारमन्त्री शर्माले जानकारी दिइन्।