बुटवल । बुटवलमा ८ करोड ७० लाख २० हजार लगानीमा लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ । लुम्बिनी मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले भवनको उद्घाटन गरेका हुन् ।

ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित प्रयोगशाला भवन सोमबार नै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले प्रदेशको केन्द्रिय प्रयोगशालाको रुपमा यसलाई विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई प्रेषण र गुण नियन्त्रण प्रयोगशालाको रुपमा विकास गरिने बताए ।