राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश आज जारी गर्नु भएको छ । सरकारले हिजो पठाएको सिफारिसका आधारमा नेपालको संविधानको धारा ३ सय ५ बमोजिम राष्ट्रपतिले बाधा अड्काउ फुकाउ आदेश जारी गर्नु भएको हो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ परेकाले संविधानको धारा २ सय ९८ को उपधारा ९ सय २० वा (३) बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी राष्ट्रपतिबाट आदेश जारी भएको उल्लेख छ ।
अर्को प्रधानमन्त्री निर्वाचित हुने स्पष्ट व्यवस्था नरहेको अवस्थामा नयाँ प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्न बाधा अड्काउ फुकाउ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
