दाङ साउन १० । अवैधरुपमा बैदेशीक रोजगागारका लागि मानिसहरुलाई पठाउँदै आएका दाङका दुई म्यानपावर व्यवसायी पक्राउ गरेको २४ घण्टा बित्न नपाउँदै दाङ प्रहरीले पुनः एक म्यानपावर व्यवसायीलाई पक्राउ गरेको छ ।

pakrauवैदेशीक रोजगार विभागबाट लाइसेन्स खारेज भइसकेको द रीभर ओभरसिजका नामबाट गैरकानुनी रुपमा मानिसहरुलाई विदेश पठाउने कार्य गर्दै आएका म्यानपावर व्यवसायी चन्द्र बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङको घोराहीस्थित कार्यालयवाट ओभरसीजका सञ्चालक बुढालाई केही थान पासपोर्ट र विभिन्न कागजातसहीत पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिँहले जानकारी दिनुभयो । उहाँले पक्राउ परेका बुढालाई बैदेशिक रोजगार विभाग काठमान्डौ पठाइने जानकारी दिनुभयो ।।