दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशको नेतृत्व गर्ने गुणस्तरीय प्रयोगशालाको रुपमा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई विकास गर्नुपर्ने बताएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशलाको पञ्चवर्षीय कार्ययोजनामाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले प्रदेशमा आउदा दिनमा देखिन सक्ने रोगको समेत परिक्षण गर्न सक्ने प्रयोगशाला निर्माण गर्न आवश्यक रहेको बताए ।

मन्त्री खनालले त्यस्का लागि स्पष्ट खाका तयार पारेर निश्चित समयभित्र परिणाम देखिने गरी काम गर्ने लक्ष्यका साथ योजना निर्माण गर्ने बताए । प्रदेश मन्त्रालय आफैले परिक्षण गर्ने मात्र नभई प्रदेश भित्रका अन्य प्रयोगशाला मापदण्ड अनुसार चले नचलेको अनुगमण गर्नुपर्ने बताए ।