दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त बनेको छ । अक्सिजन सिलिन्डर विस्फोट भएर एक ११ वर्षिय विरामी बालकको ज्यान गएको भन्दै मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् ।
अस्पतालको लापर्बाहीका कारण घटना भएको भन्दै मृतकका आफन्तले दोषीलाई कारबाही गर्नुपर्ने भन्दै नारावाजी गरिरहेका छन् । अस्पताल स्रोतले भने अक्सिजन सिलिन्डर विस्फोट नभई उपचारकै क्रममा बालकको मृत्यु भएको बताएको छ । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ । त्यहाँ थप अप्रिय घटना हुन नदिन अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
