काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिलाई लिएर गत मंगलबारदेखि संसद् अवरुद्ध छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर दुवै सदन चल्न दिएको छैन।
राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजेर ३१ मिनेटमा बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ। यद्यपी आजका दुवै बैठक एमालेले चल्न नदिने अडानमा छ।
