इन्द्रेणी संवादाताता
साउन १०, सल्यान ।
बर्षातको समयमा जिल्लामा भाईरल ज्वरो र झाडापखालाका बिरामीको संख्या बढेको छ । भाईरल ज्वरो र झाडापखालासंगै टाउ“को दुख्ने, रुघाखोकी लाग्ने समस्या समेत बढदै गएको हो । बर्षातको समयमा मुहानको पानी दुषित हुने भएपनि सुद्धिकरण नगरी त्यत्तिकै खाने गरेका कारण जिल्लाबासिहरु मौसमी ज्वरो र झाडापखालाबाट प्रभावित भएको जिल्ला स्वास्थ्य प्रमुख डा. मनिषा रावलले बताईन ।viral

उनका अनुसार ज्वरो र झाडापखालाबाट बालबालिका, बुढाबुढी लगायत सबै प्रभावित छन । जिल्लाका सबै स्वास्थ्यसस्थाहरुमा बिरामीको संख्या बढेको र अस्पतालमा मात्र दैनिक उपचारका लागि ८० देखि सय बिरामी आउने गरेको र त्यसमध्ये ४० प्रतिशत भाईरल ज्वरो, झाडापखालाका हुने गरेका अस्पतालका डा.नजिर खानले बताए ।

‘अस्पताल १५ बेडको मात्र भएपनि अहिले बिरामी बढेकाले ३२ बेड राखेर उपचार गरिरहेका छौ’ उनले भने ‘एउटालाई घर पठाएपनि अर्को आउने गरेकाले बेड खाली हुन नपाउदै अर्को थपिने हु“दा कुरुवा बस्ने ठाउ“मा समेत बेड राखेर बिरामीको उपचार गर्दै आएका छौ ।’

जिल्ला अस्पतालमा अधिकांश ठाउ“का बिरामी आउने गरेका छन । बिरामी बढेकाले बिहान १० बजेदेखि बेलुकी सम्म जा“च गर्नुपर्ने बाध्यता रहेको छ । भाईरल ज्वरो र झाडापखालाकाबाट धेरैले दुःख पाएपनि मानविय क्षती नभएको उनको भनाई छ । यसले रोगसंग लडनसक्ने शक्ति कम गर्ने भएकाले पानीको मात्रा तथा झोलिलो पदार्थ बढि खान उनले सल्लाह दिएका छन ।।