इन्द्रेणी संवादाता
साउन ७, सल्यान ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३८ औँं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवशका अवसरमा नेकपा एमालेले सल्यानका २ ठाउमा कार्यक्रम गरेको छ । सल्यान थारमारेमा भएको कार्यक्रमलाई पार्टिका सचिव सि.पि वली र खलंगामा भएको कार्यक्रमलाई सचिवालय सदस्य ईश्वरी बुढाथोकिले गरेका छन । खलंगामा भएको कार्यक्रममा वोल्ने बक्ताहरुले पुष्पलालले देखाएको बाटोमा नेपाली कम्यूनिष्ट नहिडेको भन्दै कम्यूनिष्टको नाममा पार्टीहरु चिरापर्नु दुखको कुरा भएको बताएका छन ।
कम्यूनिष्टलाई कमाइ खाने भाँडो बनाएको भन्दै अव कम्यूनिष्टहरु सच्चिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन । अनेरास्ववियूको आयोजनामा भएको कार्यक्रमलाई एमालेका सचिवालय सदस्य इश्वरी बुढाथोकी, गिर्दल बोहरा, लाल बहादुर रावत, जिल्ला सदस्यहरु रमेश गौतम, केशव सिंह श्रेष्ठ, रामसिंह बुढाथोकी, नेपाल शिक्षक संगठनका अध्यक्ष मधुसुधन शर्मा, यूवा संघका सदस्य कमल रावतले सम्बोधन गरेका थिए ।
उनिहरुले पुष्पलाल एमालेका मात्रै हैन सबै कम्यूनिष्टका नेता भएको बताउदै सबैले सम्झनुपर्ने बताएका छन । संगठनका जिल्ला अध्यक्ष घनश्याम पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव खुम बहादुर बुढाथोकीले गरेका थिए । दिवसका अवसरमा नेकपा एमालेले काठमाण्डुको चम्पादेवीमा पनि कार्यक्रम गरेको छ । । प्रतिष्ठानले काठमाडौंको कीर्तिपुरको चम्पादेवीमा रहेको श्रेष्ठको प्रतिमामा माल्यार्पण कार्यक्रम गरेको छ ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता श्रेष्ठ पञ्चायतकालमा निर्वासनमा समेत परेका थिए । श्रेष्ठको जन्म वि.सं. १९८१ असार १५ गते रामेछापमा भएको थियो भने २०३५ साल साउन ७ गते भारतमा निधन भएको थियो । निर्वासनका बेला भारतमा निधन हुनुभएका श्रेष्ठको शव नेपाल ल्याउन तत्कालीन सरकारले अनुमति दिएको थिएन ।
सहिद गङ्गालाल श्रेष्ठका भाई पुष्पलालले २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो भने कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा पहिलोपटक अनुवाद गरेका थिए ।
