काठमाडौं । चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् ।
नेकपा माअोवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा घोषणा गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चाको घोषणा गरेका हुन्। यस मोर्चामा फरक–फरक विचारधारा रहेका दलहरू संलग्न छन्।
घोषणा पत्रको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्
समाजवादी मोर्चा, नेपालको सहमति–पत्र
