सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन विनियोजन गरेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले कुल विनियोजन मध्ये चालुतर्फ नौं अर्ब २० लाख २४ हजार अर्थात् २६ दशमलव ९७ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८ दशमलव ६५ प्रतिशत विनियोजन गरेका हुन् ।
स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ८० करोड चार लाख ४० हजार अर्थात् १४ दशमलव ३८ प्रतिशत विनियोजन गरिएको मन्त्री सिंहले जानकारी दिए । स्थानीय तहका वडामा मुख्यमन्त्री रोजगार कार्यक्रममा मार्फत एक अर्ब १६ करोड ९७ लाख विनियोजन गरिएको छ।
बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्











