घोराही । दाङ जिल्ला क्रीकेट संघको आयोजना तथा घोराही उपमहानगरपालिको आयोजनामा जेष्ठ १८ गते देखि घोराही-१७ स्थित घोराही रंगशालामा संचालित घोराही वडास्तरिय क्रिकेट प्रतियोगिताको बिहिवार सम्पन्न फाईनल खेलमा वडा नम्बर ६ लाई ५० रनले पराजित गर्दै वडा नम्बर १५ ले उपाधी चुमेको छ । उपाधीसंगै उसले नगद ३० हजार पुरस्कार ,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्यो ।
त्यस्तै फाईनलमा पराजित वडा नम्बर ६ उपबिजेतामा सिमित रहदै नगद २० हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र मा चित्त बुझाउन बाध्य भयो । २० ओभरको खेलमा टस जितेर ब्याटिङ गर्न खेल मैदान उत्रीएको वडा नम्बर १५ले पुरै २० ओभर खेल्दै २ बिकेटको क्षेत्रीमा १६४ रन जोड्न सफल भएको थियो ।











