दाङ । केही दिनदेखि अत्याधिक गर्मी बढ्दै गएपछि घोराही क्षेत्रका विद्यालयहरू बन्द भएका छन् । गर्मीका कारण स्कूले बालबालिकाको स्वास्थ्यमा समस्या आउन सक्ने भएको भन्दै घोराही नगर प्याव्सन समितिले भोलि जेठ २६ गतेदेखि ३१ गतेसम्म विद्यालय बन्द गरेको हो ।

गर्मीका कारण स्कूले बालबालिकामा टोको दुख्ने, झाडापखाला लाग्ने, पेट दुख्नेलगायतका समस्याहरु बढ्दै गएको व्याव्सन घोराहीले जनाएको छ । गर्मीको कारण स्कूले बालबालिकाको स्वास्थ्यमा समस्या आउदै गएकाले थप समस्या नहोस भन्ने उद्देश्यले विद्यालय बन्द गरिएको घोराही प्याव्सनका सचिव बालकृष्ण वलीले बताए । केही दिनदेखि दाङमा पनि अत्यधिक गर्मी बढेको छ । विगत दुई दिनदेखि यहाँको तापक्रम झण्डै ४० डिग्री पुगेको छ ।