इन्द्रेणी संवाददाता
नारायणपुर, १ बैशाख
दाङको नारायणपुरमा जारी महोत्सवमा आज हास्यकलाकारहरुको प्रस्तुती रहने भएको छ । नारायणपुर उद्योग वाणीज्य संघको आयोजनामा नारायणपुरमा जारी ‘त्रिपुर व्यापारिक, कृषी तथा पर्यटन महोत्सवमा चर्चीत हास्य टेलि श्रृखला बेरी बास्सैका सिताराम कटट्टेल (धुर्मुस), कुञ्जना घिमीरे (सुन्तली), सुरबित पण्डीत (दाह्रीबुढा), पल्पसा डंगोल(चम्चुरी), हास्यकलाकार कमल गाँउलेको प्रस्तुती रहने भएको छ ।
त्यस्तै गायक सुनिल गिरी, मेक्सम खाति, नायक गजित विष्ट, सबैभन्दा कान्छो निर्देशक सौगात विष्ट लगायतका कालकारहरुले आफ्नो प्रस्तुति देखाउने सांस्कृतिक संयोजक धनेश्वर आचार्यले जानकारी दिनुभयो ।
शवदाह गृह निर्माण गर्ने मुख्य उद्धेश्य र स्थानीय उत्पादनको बजारिकरण, स्थानीय भाषा, धर्म, साहित्य, कला परम्परागत सीप तथा संस्कृतिको संरक्षण, प्राकृतिक, संस्कृतिक, धार्मीक पर्यटकीय स्थलको प्रचारप्रसार एवं व्यवसायीक चेतना अभिवृद्धि गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको हो । यसैविच महोत्सवमा कुस्ती खेलप्रतिको पनि दर्शकहरुको आकर्षण बढेको छ ।।