घोराही, १ बैशाख
दाङका युवा बैज्ञानिक मार्सल रोकाले वर्गिकरणद्धारा फोहोर व्यवस्थित गर्ने प्रबिधिको नमुना वनाउनुभएको छ । रोकाले  घोराहीमा पत्रकार सम्मेलन गरी वर्गिकरण द्धारा फोहोर व्यवस्थित गर्ने प्रबिधिको नमुना वनाएर सार्वजनिक गर्नुभएको हो ।

mrsal

फोहोर व्यवस्थापन गर्ने नाममा डम्पिङ साईडमा फाल्दा त्यसले जमिन, पानी र वाताबरणलाई असर गर्ने भएकाले फोहोरहरुको बर्गिकरण गरि पुनः प्रयोगमा ल्याउने प्रबिधी नमुना बनाएको जानकारी दिनुभयो । गल्ने र नगल्ने फोहोरलाई एकै ठाउँमा फाल्दा सहि व्यवस्थापन नहुने भन्दै उहाँले फोहोरलाई पुनः प्रयोग गरि प्रदुषणबाट बचाउन र रोजगारी सृजना हुने गरि वर्गिकरण द्धारा फोहोर व्यवस्थित गर्ने प्रबिधि वनाएको जानकारी दिनुभयो ।

घर तथा अन्य स्थानहरुबाट निस्कने ९० प्रतिशत फोहोरहरु पुनः प्रयोगमा ल्याउन सकिने खालका हुने भन्दै रोकाले सरकारको लगानी भए प्रदुषण रोक्दै रोजगारी सृजना हुने उहाँको भनाई छ । पलाष्टिकरुबाट डिजेल र कागजहरुबाट पुनः कागज बनाउन सकिने रोकाले बताउनुभयो ।

तर सरकारले चासो र लगानीमा ध्यान नदिएको उहाँको गुनासो छ । रोकाले अहिले सम्म बिभिन्न प्रकारका ४० वटा यन्त्रहरुको निर्माण र प्रयोग गरिसक्नुभएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष खड्गबहादुर बुढाथोकीको प्रमुख आतिथ्यता एवं प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्मा र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौगमको बिशिष्ट आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो ।।