दाङ । सबैजपाएनन्सो किसानले उत्पादन गरेका कृषिजन्य बस्तुले उचित मूल्य पाएनन् भनेर सुन्नु कुनै नौलो विषय होइन ।

कतिपय समयमा किसानहरुले आफूले उत्पादन गरेको बस्तुले मूल्य नपाउदा सडकमै उत्पादित बस्तु फालेर विरोध जनाउने गरेका पनि छन् । तर दाङमा एक किसानले आफूले उत्पादन गरेको बन्दागोभी विक्री नभएपछि बारीमै गोरु र बाख्रा चराउने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका किसान राजेश डाँगी आफूले उत्पादन गरेको बन्दागोभी विक्री नभएपछि गोरु र बाख्रा चराउन वाध्य छन् ।

भारतबाट बन्दागोभी सस्तोमा व्यापारीहरुले ल्याउँदा जिल्लामा कृषि व्यवसाय गर्ने किसानहरु समस्यामा पर्ने गरेका छन् । सस्तो मूल्यमा बिक्री गर्दा लागत समेत नउठ्ने भएपछि किसानले बारीमै सुक्न दिएका छन् भने डाँगी जस्तै आफूले लगाएको बारीलाई गौचरण बनाउन वाध्य भएका छनु ।