बझाङ । पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका ज्ञाता महात्मा सच्चिदानन्द सरस्वती (खप्तड बाबा)ले ५० वर्ष बिताएको खप्तड क्षेत्रमा योग गुरु रामदेवले योग सिकाउने भएका छन् । खप्तडको गंगा दसहरा मेलाको अवसरमा आयोजित पहिलो अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनका अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले योग गराउने भएका हुन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सो कार्यक्रममा योग गुरु बाबा रामदेव र आचार्य बालकृष्ण विशेष अतिथिका रूपमा सहभागी थिए ।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा सुरु भएको प्रथम खप्तड आध्यात्मिक सम्मेल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड सुदूरपश्चिम प्रदेश सरकारको मात्र नभएर नेपालकै अलौकिक भूमि भएको धारणा राखे ।