काठमाडौ १० श्रावन । राष्ट्रिय परीक्षा बोर्डमा आफ्ना मान्छेलाई जागिर खुवाउन तत्कालिन उच्च माध्यामिक शिक्षा परिषद्का उच्च कर्मचारीले पुरानै मितिमा निर्णय गरेको फेला परेको छ । नयाँ शिक्षा ऐन लागू भए संगै खारेज भएको परिषद्का कर्मचारी स्वतः बोर्ड मातहत हुने भए पछि परिषद्का प्रशासन महाशाखा प्रमुख दुर्गा अर्यालले पुरानै मितिमा पत्र तयार गरी नियुक्ति दिएका हुन् ।
असार १५ गते ऐन पारित भएसँगै परिषद्को अस्तित्व सकिए पनि असार २५ गते सम्मका विभिन्न मितिमा प्रशासन महाशाखा प्रमुख अर्याल सहितको टोली बसेर पुरानै मितिमा पत्र तयार पारेको प्राप्त भएको छ ।
परिषद्ले असार ७ गते पठाएको पत्रको चलानी नम्बर ३४ सयबाट शुरु भए पनि त्यसको एक हप्ता अघिनै तयार गरिएको भनिएका यस्ता नियुक्ति पत्रको चलानी नम्बर ३८ सय हाराहारीबाट शुरु भएको छ । विराटनगर, लाहान, जनकपुर, हेटौंडा, बुटवल, पोखरा, दाङ, नेपालगञ्ज, धनगढी, डडेल्धुरा र बाठमाडौंमा रहेका परिषद्का जिल्ला स्थित कार्यालयलाई अहिले बोर्डको शाखा कार्यलयका रुपमा राखिएको छ
