घोराही । नेम दाङले घोराही– १८ स्थित श्री प्राथमिक विद्यालय घोरदौराका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । नेम मेडिकल र इन्जिनियरिङ्ग तयारी कक्षा संचालन गर्ने शैक्षिक संस्था हो ।

नेमले आफ्नो सामाजिक दायित्व तथा पदयात्रा कार्यक्रम समाजसँग नेम दाङअन्तर्गत शैक्षिक सामग्री वितरण गरेको हो । ब्रिजकोर्ष अध्यनरत विद्यार्थी प्रशंसा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, विद्यालयका प्रधानाध्यापक पिमबहादुर रोका, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुशल गिरी, विद्यार्थी मिलन घर्तीले शैक्षिक सामग्री वितरण गरेकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यार्थीद्वय दास मल्ल र शिखर खड्काले गर्नुभएको थियो ।