अभिषेक बोहरा / दाङ : रुटिन अफ घोराहीको आयोजनामा आज घोराही बजार क्षेत्र सरसफाइ कार्यक्रममा सम्पन्न भएको छ।

कार्यक्रममा घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरी ,  घोराही उप महानगरपालिकाका वडा नम्बर १५  का वडाध्यक्ष रमेश पाण्डे , घोराही उप महानगरपालिकाका वडा नम्बर १४ का वडाध्यक्ष भणसिंग बुढा ,  लगायतको उपस्थिती रहेको थियो ।

यसका साथै उक्त कार्यक्रममा नेपाल पुलिस ,नेम दाङ ,सलुट गुर्खा पनि सहभागी थिए  जब बातावरण सफा हुन्छ तब हामी स्वस्थ हुन्छौ ,गाउँघर सहर सफा राखौ स्वस्थ ब्यक्ति बनौ , फोहोर टिप्न सक्दैनौ भने फोहोर गर्न पनि हुदैन भन्ने आम नागरिकमा पनि जनचेतना जगाएको  रुटिन अफ घोराहीले बतायो ।

आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम गर्ने रुटिन अफ घोराहीले जनाएको छ  ।