सल्यान ९ श्रावण ।
स्थानीय तह पुनरसंचना आयोगले पठाएको कार्यविधि अनुसार सल्यानमा ७ वटा सम्म स्थानीय निकाय हुने भएका छन् । आयोगले यहि साउन महिनाको मसान्त सम्म सीमा निर्धारण गर्ने बारेको प्रतिवेदन बुझाउन जिल्ला विकास समितिमा कार्यविधी पठाएर निर्देशन दिएको जिविस सल्यानले जनाएको छ ।

ddc-demoस्थानिय विकास अधिकारि रामचन्द्र पौडेलको संयोजकत्वमा, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला मालपोत कार्यालय, नापि कार्यालय, जिल्ला प्राविधीक कार्यालय, जिल्ला वन कार्यालयका अधिकृतहरु सम्मीलीत समितीले विभिन्न निकायसंगको अन्तरक्रिया र परामर्शमा जिल्लाभित्र गाउँपालिका र नगरपालिकाको सीमा निर्धारण गर्ने समितीका सदस्य सचिव पूर्ण ओलिले जानकारी दिनुभयो ।।