तुलसीपुर ९ साउन । तुलसीपुर २ रक्षाचौरमा रहेको गुरुजजुर उच्च माद्यामिक विद्यालयमा आज नागरिक सम्वाद कार्यक्रम सम्पन्न भएको छ । यूयसएआइडि र नेपाल कानुन समाजको सहयोग तथा नागरिक सम्वाद केन्द्र दाङको आयोजनामा हाम्रो सविधान राम्रो संविधान विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

guru-jajuru-higher-secondar

कुमारी वलीको अध्यक्षता एवं एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व केन्द्रिय सदस्य प्रमोद कुमार न्यौपानेको प्रमुख आतिथ्यता तथा विद्यालयका सहायक प्रधानाध्यापक गोपाल बुढाथोकिको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल बार का पूर्व उपाध्यक्ष पदम बैदिक प्रशिक्षक रहेको कार्यक्रममा नेपालको हालको संविधान र यसमा भएको व्यवस्था जस्तै लोकतन्त्र, मोलिक हक,नागरिकता,नागरिकको अधिकार तथा कर्तव्य आदि विषयमा विद्यार्थी ,स्थानिय युवा युवती गरी करीव ७० जनालाई प्रशिक्षण दिईएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य नागरिक सम्वाद केन्द्रका सहायक श्याम कुमार चौधरी ले गर्नुभएको थियो भने सहजिकरण धु्रवराज न्यौपाने ले गर्नुभएको थियो ।।