काठमाडौं ९ साउन पत्रकार कुन्द दीक्षित ‘विदेशी विनिमयसम्बन्धी छानबिन’ मा तानिएका छन् । दीक्षितले विदेशी मुद्रा अपचलन गरेको आशंकामा राजस्व अनुसन्धान विभागले उनलाई १५ दिने म्याद दिएर पत्र काटेको छ । दीक्षित नेपाली टाईम्सका सम्पादक तथा हिमाल मिडियाका प्रकाशक हुन् ।
बिगत १२ दिन देखि भूमिगत भएका भनिएका कनकमणी दीक्षितको भाई समेत रहेका कुन्दले ठुलो परिमाणमा विदेशमा लगानी गरेको तर त्यसको जानकारी राष्ट्रबैंकलाई नदिएको बताईएको छ ।