इन्देणी संवाददाता
दाङ, ९ साउन
दाङमा प्रहरीले गैरकानुनी रुपवाट मानिसहरुलाइ विदेश पठाँउने कार्य गर्दै आएको भन्दै २ जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगार विभागबाट लाईसेन्स खारेज भईसकेको खोज रिक्रुपमेन सर्मिसेज प्रालीवाट नामवाट गैर–कानुनी रुपवाट मनिसहरुलाइ विदेश पठाउँदै आएका दाङ सैिडियार १ बस्ने ३७ वर्षका नारायण बहादुर अधिकारी र मानपुर ५ बस्ने २७ वर्षका दिवार पाण्डेलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्राप सिंहले जानकारी दिनुभयो ।jiprak

साथ ैउनीहरुवाट विदेश पठाउने प्रयोजनका लागी राखिएको एक थान पासपोर्ट र विभिन्न कागजात सहित जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । प्रहरीको नियन्त्रणमा रहेका दुवै जनालाई आवश्यक कारवाहीका लागी वैदेशिक रोजगार काठमाण्डौमा पठाईने एपसी सिंहले वताउनुभयो ।।