काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक चैत ७ गते मंगलबार बस्ने भएको छ ।दाङको राप्ती गाउँपालिका– ३ बाघढ्ढीस्थित प्रदेश सभाको भवनमा बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा उपस्थितिका लागि लुम्बिनी प्रदेश सभाको सचिवालयले सूचनामा उल्लेख गरेको छ ।

बैठकमा केही विधेयकहरू पनि पेश हुन सक्नेछन् । सोही बैठकमा एमाले नेतृत्वको सरकारले विश्वासको मत लिनेबारेमा पनि टुंगो लाग्नेछ ।