काठमाडौं । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ ।

त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुन लागेको हो । बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । चुनावमा विभिन्न विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिभुवन विश्वविद्यालयले आचारसंहिता पालना गरी स्ववियु चुनाव गर्न र गराउन सम्बन्धित पक्षलाई अपिल गरेको छ ।