घोराही :दाङको घोराहीमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । डिटेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रालिले यही चैत्र ९ देखि ११ गतेसम्म घोराही -१४ झिगौंरामा उक्त कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम आयोजकले बुधबार घोराहीमा रहेको नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

सांस्कृतिक कार्यक्रममा नायक पल शाहसहित गायक प्रमोद खरेल, गायक पसुपती शर्मा लगायत कलाकार आउने भएका छन् ।साथै कार्यक्रममा स्थानीय कलाकारको समेत प्रस्तुति रहने समेत आयोजकले जानकारी दिएको छ ।