काठमाडौँ । उपराष्ट्रपतिमा कुरा नमिल्दा गठबन्धनबाटै तीन जनाको उम्मेदवारी परेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाएका छन् ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको समर्थनमा जसपाले यादव र राष्ट्रिय सभा सांसद प्रमिला यादवलाई उम्मेदवार बनाएको छ । गठबन्धनमै रहेका जनमत, नागरिक उन्मुक्ति र लोसपाले उपराष्ट्रपतिलाई केन्द्रमा राखेर अन्य राजनीतिक मुद्दामा समेत कार्यगत एकताको घोषणा शनिबारै गरिसकेका छन् । तीन दलको सहमतिअनुसार जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाएको छ ।

चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनमा एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ ।
गठबन्धनका नौ दलमध्ये कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच राष्ट्रपति कांग्रेसलाई दिने र उपराष्ट्रपति जसपालाई दिने गरी तीनबुँदे लिखित सहमति भएको थियो । उपराष्ट्रिपति चुनावका लागि अन्तिम नामावली आज प्रकाशन हुदैछ ।