काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । संघीय संसद्को स्काइलाइट हलमा राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको हो ।

प्रतिनिधि सभातर्फ ३१३ र प्रदेशतर्फ ५१८ जनाले मतदान गरेका छन् । विहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो ।

राष्ट्रपतिका लागि पूर्वसभामुखद्धय नेपाली काग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवारचन्द्र नेवाङ प्रतिस्पर्धामा छन् ।