दाङ, २९ माघ । दाङको धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा लाग्ने महाशिवरात्री मेला यसबर्ष तीन दिनसम्म लाग्ने भएको छ । वर्षेनी महाशिवरात्रीका दिन लाग्ने उक्त मेला यसवर्ष शिवरात्री आउनुभन्दा तीन दिन अघिबाटै शुरु हुनेछ । यसवर्ष उक्त मेला फागुन ५, ६ र ७ गते लाग्ने छ । यसवर्षको महाशिवरात्री फागुन ७ गते परेका छन् ।
उक्त मेलामा तथा मन्दिरमा देशबाट समेत भत्तजनको उल्लेख्य रुपमा उपस्थिति हुन थालेपछि यस बर्ष फागुन ५, ६ र ७ गते तीन दिन मेला लगाउन थालिएको हो । मेलालाई भव्य र व्यवस्थित बनाउन पाण्डवेश्वर महादेव मन्दिर व्यवस्था समितिले तयारीलाई तिव्रता दिएको छ । जस अन्तरगत १८ वटा बिभिन्न उपसमिति गठन गरी मेला व्यवस्थापन कार्य अगाडि बढाइएको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिएका छन् । उनकाअनुसार समितिका अध्यक्ष् गणेश कुमार अधिकारीको संयोजकत्वमा मेला मुल व्यवस्थापन समिति गठन गरिएको छ ।
यस्तै कोषाध्यक्ष वोधिलाल शर्मा संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, सचिव विष्णुराम आचार्य संयोजक र विमल योगी सदस्य रहेको सूचना तथा प्रचार प्रसार व्यवस्थापन उपसमिति, टेकनाथ आचार्य संजयको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति, वुद्धिराम भण्डारीको संयोजकत्वमा भजनमण्डली उपसमिति गठन गरिएको छ ।
त्यस्तै शंकरकिरण अधिकारीको संयोजकत्वमा मन्दिर सहयोग, रसिद, भेटी तथा दान पेटिका व्यवस्थापन उपसमिति, धनपति शर्माको संयोजकत्वमा यातायात व्यवस्थापन र मञ्च, टेन्टतथा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति, विमल अधिकारीको संयोजकत्वमा मन्दिर सचिवालय व्यवस्थापन उपसमिति, मधुमालती अधिकारीको संयोजकत्वमा पुँजा व्यवस्थापन उपसमिति, वलिराम भूसाल गोपालको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति, गजेन्द्र चौधरीको संयोजकत्वमा पानी व्यवस्थापन उपसमिति, निमबहादुर चौधरीको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यस्तै विष्णुमणी दाहाल संयोजक र कृष्ण प्रसाद भूसाल सदस्य रहेको स्वयंसेवक परिचालन उपसमिति, दिनेश आचार्य संयोजक र गोर्खा हस्पिटन, हेल्थफाउण्डेशन नेपाल, धर्ना स्वास्थ्य चौकी सदस्य रहेको प्राथमिक उपचार व्यवस्थापन उपसमिति, गोर्खा हस्पिटलको संयोजकत्वमा एम्वुलेन्स व्यवस्थापन उपसमिति,शंकर गौतम संयोजक, धुव्र कुमार श्रेष्ठ, विवेक श्रेष्ठ, जगविर चौधरी र रेव बहादुर बुढाथोकी सदस्य रहेको अतिथि स्वागत सत्कार उपसमिति समेत गठन गरिएको छ ।
मेलामा हुने सुरक्षा,वजार तथा यातायात व्यवस्थापन लगायत समग्र कामको अनुगमनका लागि अध्यक्ष गणेश कुमार अधिकारी,सचिव विष्णुराम आचार्य र श्रीधर शर्मा पौडेल रहेको बिशेष अनुगमन उपसमिति गठन गरिएको छ भने सरस्वती गौतमको संयोजकत्वमा फुलमाला व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यसैविच मेलामा यातायात व्यवस्थापन अन्तरगत पार्किङ शुल्क र व्यापारका लागि स्टलको दररेट समेत तोकिएको छ । जस अन्तरगत टिकामाला सम्वन्धि व्यापारका लागि प्रतिपसल एक हजार, फलफुलका लागि एक हजार पाँचा सय, होटल तथा चाटका लागि दुई हजार पाँच सय, खेलौना पसलका लागि एक हजार आठ सय,फेन्सी पसलका लागि दुई हजार र आईसक्रिम डेरीका लागि एक हजार दुई सय रुपैया शुल्क तोकिएको वजार व्यवस्थापन उपसमितिका संयोजक बलिराम भूसाल गोपालले जानकारी दिए। यस्तै मेला अवधिभर फागुन ५,६ र ७ गतेका लागि मोटरसाइकिलका लागि रु १०, अटो रिक्सा तथा टेम्पोका लागि रु २५, जिप तथा कारका लागि रु ३०, सानो ठुलो टेक्टरका लागि रु ५० र मिनिवस, वस तथा ट्रकका लागि एक सय रुपैया पार्किङ शुल्क तोकिएको र सोही दररेटमा आधारित रहेर ठेक्का लगाईने भएको छ ।
मदिरा बेचबिखन निषेध
महाशिवरात्री पर्वका अवसरमा लाग्ने धारपानी मेलामा मदिरा बेचबिखनलाई निषेध गरिएको छ । फाुगन ४ गते राती १२ बजेदेखि फागुन ७ गते राती १२ वजेसम्म पूर्वमा धार्मिक बनको सिमाना सोता, पश्चिममा पिच सडक,उत्तरमा बवई नदी र दक्षिणमा धार्मिक बनसिमानासम्म मदिरा जन्यवस्तुको बेचबिखन तथा सेवनमा निषेध गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिए ।











