घोराही, २९ माघ । आगामी फागुन ३ गतेदेिख १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मा लघु तथा घरेलु उद्योगबाट उत्पादित सामाग्री पर्दशनीकालागी निशूलक स्टलहरु उपलब्ध गराइने भएको छ ।
नेपाल घरेलु तथा साना उदोग महासंघ दाङको आयोजनामा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्लाको लघु तथा घरेलु उद्योगबाट उत्पादित सामाग्री, कृषी सामाग्री, हस्तकला सामाग्रीहरुको प्रदर्शनीका लागि निःशुल्क रुपमा स्टलहरु उपलब्ध गराएको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिएका छन् ।
सम्बन्धित जिल्लाको नेपाल घरेलु तथा साना उद्योग महासंघको सिफारिसमा निःशुल्क रुपमा स्टलहरु उपलब्ध गराइने र जसकालागी महोत्सवमा एक सय स्टलहरु कृषि, लघु तथा घरेलु उद्योगहरुकालागी छुट्याईएको स्टल निर्माण तथा व्यवस्थापन उपसमितिका संयोजक सीता मल्लले जानकारी दिए ।
कृषि प्रदर्शनी प्रतियोगीता हुने ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मा स्थानीय कृषकहरुले उत्पादन गरेको कृषि सामाग्रीको प्रदर्शनी प्रतियोगीता हुने भएको छ । कृषी ज्ञान केन्द्र घोराहीसँगको समन्वयमा कृषि सामाग्री प्रदर्शनीको प्रतियोगीता हुने आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिए । जसमा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने कृषहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेलाई ४ हजार, द्धितीय हुनेलाई ३ हजार, तृतीय हुनेलाई २ हजार र सान्त्वना हुनेलाई १ हजार नगद प्रदान गरिने छ ।
स्थानीय एवं राष्ट्रिय स्तरमा लघु तथा घरेलु उदोगहरुले उत्पादन गरेका वसतुहरुको पहिचान गराई कृषि तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधीहरुको जानकारी सहिचत आन्तरिक एवं बाह्य पवर्धनमा टेवा पु¥याउने, महिला उदामशीलता तथा लघु घरेलु उद्योगबाट उत्पादित बस्तुहरुको उचित गुणस्तरको पहिचान गराई आम जनमासहरु र नागरिकहरुमा स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्ने, पेशागत सम्मानको वातावरण सृजना गराई लघु तथा घरेलु उद्योगका मार्फत बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन गर्ने, प्रदेशको मौलिक कला सस्कृति सभ्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउने र कृषीको आधुनिकरणकोलागी कृषि प्रविधिहरुको प्रदर्शनी गर्ने लगायतका साथ उद्धेश्यका साथ महोत्सवको आयोजना गरिएको छ ।
लोकदोहोरी र लोक नृत्य प्रतियोगीता हुने
घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ मा विभिन्न प्रतियोगीताहरु हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा हुने महोत्सवमा जिल्ला स्तरिय लोकदोहोरी गीत प्रतियोगीता र विद्यालय तथा संघसंस्था स्तरिय लोक नृत्य प्रतियोगीता हुने आयोजक मूल समितिले जानकारी दिएको छ ।
‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने मूल नाराका साथ घोराही १४ झिँगौरामा हुने महोत्सवमा हरेक दिन जिल्ला स्तरिय लोक दोहोरी गीत प्रतियोगीता र विद्यालय तथा संघसंस्था स्तरिय लोक नृत्य प्रतियोगीताहरु हुने महोत्सव आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिए ।
प्रतियोगीतामा प्रथम द्धितीय र तृतीय हुने टीमलाई नगदसहित शिल्ड र मेडल प्रदान गरिने छ । जसमा लोकदोहोरी गीत प्रतियोगीतातर्फ प्रथमलाई ४० हजार ५ सय ५५, दृतियलाई ३० हजार १ सय ५५ र तृतीय हुनेलाई २० हजार १ सय ५५ रुपौया नगद सहित शिल्ड र मेडल प्रदान गरिनेछ । यस्तै लोक नृत्य प्रतियोगीतातर्फ प्रथम हुनेलाई १० हजार १ सय ५५, दृतिय हुनेलाई ६ हजार १ सय ५५ र तृतिय हुनेलाई ३ हजार १ सय ५५ रुपैया नगद सहित शिलड र मेडल प्रदान गरिने सांस्कृतिक उपसमितिका संयोजक सुरज बुढाथोकीले जानकारी दिए ।











