काठमडौ ९ साउन ।  सरकार र डाक्टर गोविन्द केसीका प्रतितिनिधिहरूबीचको वार्ता आज पनि हुँदैछ । दुई दिनको वार्ताले निस्कर्ष निकाल्न नसकेपछि आज फेरि वार्ता हुन लागेको हो । वार्ताको समय भने यकिन भइसकेको छैन ।

timthumb (1)दुवै पक्षले पाएको समिति म्यान्डेटमा केही कुरा निर्णय गर्न नसकेपछि वार्ता अघि बढ्न सकेको छैन । सरकारी वार्ता टोलीले यो भन्दा अगाडी बढेन हामीलाई अनुमति छैन भन्ने निस्कर्ष सुनाएपछि हिजोको वार्ता निस्कर्ष पुग्न नसकेको र आज उहाँले सरकारकार अरुपक्षसँग छलफल गरेर आउने बताएको जानकारी दिनुभयो । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव र मनमोहन प्रतिष्ठानको विधेयक फिर्तामा सरकारी पक्षले सहमति जनाउन सकेको छैन ।

सरकारी टोलीले वार्तामा राजनीतिक समिति वनाएर समस्या समाधान गर्ने प्रस्ताव गरेको छ । डाक्टर केसीको स्वास्थ्य अवस्था भने झन जटिल बनि रहेको छ । उहाँको उपचारमा संलग्न चिकित्सक टोलीले केसीको अवस्थामा कमजोर हुँदै गएकाले छिटो समस्या समाधान गर्न माग गरेको छ । हिजो नागरिकले पनि दवाव दिन काठमाण्डुमा प्रदर्शन गरेका छन् ।