काठमाडौं, १२ माघ । केही दिनदेखि देशका हिमाली क्षेत्रमा भारी हिमपात भएको र विभिन्न स्थानमा भएका वर्षातका कारण चिसो बढ्दै गएको थियो ।
विशेष गरी नेपालका पश्चिमी क्षेत्रमा वर्षात र हिमपात भएको छ । तर विस्तारै पश्चिमी निम्न चापीय प्रणाली कमजोर बन्दै गएपनि आकाश खुल्दै गएको छ । आकाश खुल्दै गएसँगै पश्चिमी क्षेत्रको मौसम सफा हुदै गएको छ ।
केही दिनदेखि वर्षा र हिमपात भएका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आजदेखि घाम देखिन थालेका छन् । मध्य र पूर्वी क्षेत्रमा भने आजको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । तर, वर्षा भने हुने नहुने मौसमविद्धहरुको अनुमान छ । मौसम सफा हुदै गएपछि तापक्रम पनि बढ्न थालेको छ ।
चिसो कम हुदै गएको छ ।
पुस महिनामा परेको वर्षाले जाडो बढाउँछ भने माघ महिनाको वर्षापछि बिस्तारै गर्मी बढ्दै जान्छ । यसपालिको हिउँदमा खासै पानी पर्न सकेन । आउँदो शनिवारसम्म देशभरकै मौसम सामान्यता सफा हुने अनुमान गरिएको छ ।











