सिड्नी, ९ माघ । अभिनेत्री ऋचा शर्मालाई अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा सर्ट फिल्म ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्रदान गरेको छ । सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ऋचाले उत्कृष्ट अवार्ड जितेकी हुन् ।

सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण गर्दै उनले आयोजकलाई धन्यवाद दिए । “हाम्रो कामको मूल्याङ्कन हुँदा खुसी लाग्छ ।

यसमा महिलाको सङ्घर्षलाई प्रस्तुत गरिएको छ”, अभिनेत्री शर्माले भनिन् । उनीअवार्ड ग्रहण गरेपछि यहीसाता नेपाल फर्कँदै छिन् ।

साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान् श्रीमतीको भूमिका उनले निर्वाह गरेकी थिइन् । फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेकी थिइन् । यसका लेखक तथा निर्देशक पनि तिमल्सिना नै हुन् ।