Nepal Banks Interest rate

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा राष्ट्रियस्तरका आठ विकास बैंकले दुई अर्ब ५३ करोड १९ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा यो नाफा २०.९१ प्रतिशतले कम हो ।

गत वर्ष राष्ट्रियस्तरका विकास बैंकहरु ज्योति, कामना सेवा, सांग्रिला डेभलपमेन्ट, महालक्ष्मी, लुम्बिनी, गरिमा, मुक्तिनाथ र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले तीन अर्ब २० करोड १४ लाख रूपैयाँ नाफा कमाएका थिए ।

तर, यो वर्ष विकास बैंकको खराब कर्जा बढ्नाले नाफामा प्रभाव परेको देखिन्छ । गत वर्षको तुलनामा यो वर्ष आठ विकास बैंकमध्ये नाफा घट्नेमा पाँचवटा रहेका छन् ।

सबैभन्दा बढी नाफा घट्नेमा ज्योति विकास बैंक रहेको छ । यो बैंकको नाफा ८९.९१ प्रतिशतले घटेको छ । गत वर्षको पुस मसान्तसम्म ३४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको यो बैंकले यस वर्षको सोही अवधिमा तीन करोड ४७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । यो बैंकले गत वर्षको तुलनामा नाफा २३.१७ प्रतिशतले वृद्धि गरेको छ । गत वर्ष ३४ करोड ८८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

आठ विकास बैंकमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यो बैंकले ६ महिनाको अव