नेपाल चलचित्र पत्रकार संघ दाङ शाखाको तेस्रो अधिवेशन आगामि भाद्र ४ गते हुने भएको छ । संघका तर्दथ समितिका संयोजक ध्रुवराज न्यौपानेको अध्यक्षतामा आज वसेको वैठकले ४ गते तुलसीपुरमा चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष शान्ति प्रियको प्रमुख आतित्थ्यतामा अधिवेशन गर्ने निर्णय गरेको हो ।

featureबैठकले अधिवेशनमा जिल्लाका सवै रेडियो तथा पत्रिकामा चलचित्रका क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई आमण्त्रण गर्ने निर्णय समेत गरेको छ । साथै वैठकले चलचित्र बिकास पत्रकारिता पुरस्कारको समेत स्थापना गर्ने निर्णय गरेको छ । वैठकले उक्त पुरस्कार चलचित्रका क्षेत्रमा कलम चलाउने एक जनालाई प्रत्येक वर्ष संघको वार्षिक उत्सवका अवसरमा रु ११ हजार १ सय ११ रुपैयाका साथ पुरस्कृति गरिने निर्णय गरेको संयोजक न्यौपानेले बताउनु भयो ।

साथै वैठकले अमेरिकामा रहेर चलचित्र पत्रकार संघ दाङ लाई सहयोग पु¥याएको हुदाँ संघका संस्थापक अध्यक्ष किशन रेग्मीलाई सम्मान गर्ने निर्णय पनी गरेको छ । पुरस्कारका लागी प्रत्येक वर्ष रु ११ हजार १ सय ११ रुपैया दिने घोषणा गर्नु भएको छ ।।